संघीय संसदका तीनवटा समितिको बैठक बस्दै
काठमाडाैं। संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ। संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछन्।
जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ। जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ। जुन बैठकमा पुरानै अजेन्डा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। आजै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्नेछ।
राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा छलफल गर्नका लागि बिहान ११ः३० बजेवाट सुरू हुने गरी बैठक बोलाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment