एनआरएनए जापानको कोषाध्यक्षमा संगिता अधिकारीको उम्मेदवारी घोषणा

डिसी नेपाल
४ भदौ २०७६ १३:२८

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए/एनसीसी) जापानको आगामी कार्यकालको कोषाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेदवारी घोषणा गरेकी छिन् । उनी वर्तमान कार्यसमितिको सदस्यको जिम्मेवारीमा छिन्।

एनआरएनए जापानको कोषलाई सबल र समुन्नत बनाउने अठोटसहित  २०१९–२०२१ कार्यकालको लागि कोषाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको अधिकारीले बताइन्।

आफूले जित प्राप्त गरेमा एनआरएनए जापानको आय व्ययलाई पारदर्शी बनाउने र आर्थिक अनुशासनको मापदण्ड बनाउने प्रतिवद्धतासमेत उनले गरेकी छिन्।

संस्थालाई आर्थिक रुपमा सवल बनाउने, सहभागितामूलक आर्थिक योगदानको नीति अवलम्बन गरेर एनसीसी जापानको कोषलाई दरिलो बनाउन अधिकतम प्रयास गर्ने, कोषको पारदर्शिता र मितव्ययी परिचालनमा आफू केन्द्रित रहने प्रतिवद्धतासमेत उनले गरेकी छिन्।

विगत १५ वर्षदेखि जापानमा कार्यरत रहेकी अधिकारी विभिन्न सामाजिक कार्यमा पनि सक्रिय छिन्। जापानस्थित विभिन्न संघसंस्था तथा कम्पनीहरूसँग हातेमालो गरी एनआरएनए जापानलाई सवल र सक्षम बनाउन भरपुर प्रयत्न गर्ने उनको भनाई छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *