त्रिविको प्रिन्सिपलका लागि आवेदन दिएकाहरूको अन्तर्वार्ता भोली
काठमडौं । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलका लागि आवेदन दिएको दुई जनाको अन्तर्वार्ता भोली हुने भएको छ।
छनोट तथा सिफारिस समितिले आवेदन दिएका दुई जना प्रा. डा. अक्कलदेव मिश्र र सहप्राध्यापक डा. उद्धव सिग्देलको अन्तवार्ता सोमबार लिन लागेको हो।
छनोट समितिले प्रिन्सिपलका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा दुई जनाको मात्र आवेदन परेपछि उनीहरूलाई अन्तवार्ताका लागि सिफारिस गरिएको थियो।
दुई जनाको मात्र आवेदन परेपछि छनोट समितिको अनुरोधमा शिक्षाध्यक्षको कार्यालयले दोस्रो पटक आवेदन माग गरेको थियो। तर, दोस्र पटक माग गर्दा विवाद भएपछि पहिलो आवेदनकै आधारमा सिफारिस गर्नेगरी दोस्रो आवेदन खारेज गरिएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment