‘खुला सीमाले नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको छ’

डिसी नेपाल
१३ माघ २०८१ १७:२९
60
Shares

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरको नेतृत्वमा नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा. राजीव झा, प्रवक्ता प्रमोद रंगीले, बाल अभियानी, आदित्य झाको टोलीले विदेह नगरपालिका–२, दुहबीमा रहेको ऐतिहासिक दुर्गा मन्दिर र दुर्वासा ऋषिको गढको रूपमा परिचित दुर्वाशगढलगायत सीमा क्षेत्रमा अवस्थित ऐतिहासिक ठाउँको निरीक्षण गरेको हो।

‘निरीक्षणका क्रममा दशगजामा देखिएका दृश्यले नेपाल–भारत सम्बन्धको गहिरो भाइचाराको झलकहरु देखे। दुबै देशका युवाहरू दसगजामा क्रिकेट खेल्दै र आपसमा सौहार्द साट्दै थिए,’ संवाद समूहका अध्यक्ष झाले भने।

नेपाल भारतको विशेषता भनेकै सीमाक्षेत्रमा रहेका किसान र परिवारको साझा सम्बन्ध रहेको बताइएको छ। धेरै किसानका खेत खलिहान दुवै देशमा फैलिएका र थुप्रै परिवारका सदस्य नेपाल तथा भारतका दुई किनारामा बसोबास गरिरहेको झाले बताए।

यो सम्बन्ध सीमाना निर्धारण हुनुभन्दा अगाडि एउटै देशमा रहेको इतिहाससँग जोडिएको उनको भनाइ छ। निरीक्षण भ्रमणले खुला सीमाको सामाजिक, सांस्कृतिक र आर्थिक महत्त्व उजागर गर्दै नेपाल–भारतबीचको विशेष सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुर्‍याएको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *