अखिल क्रान्तिकारी मतगणना अनिश्चित

डिसी नेपाल
१३ माघ २०८१ १८:४५
240
Shares

काठमाडौं । अखिल क्रान्तिकारीको मत गणनामा अनिश्वित कालका स्थगित भएको छ।

मतगणना मधेस प्रदेशमा पुगे पछि रोकिन पुगेको थियो तर थप निर्णय नभए पछि अनिश्चितकालका लागि स्थगित भएको हो।

शनिबार सम्पन्न निर्वाचनमा कालो मसीले मतदान गराएको भन्दै केही उम्मेदवारका प्रतिनिधिले विरोध गरे पछि अहिले मतदान रोकिएको हो।

निर्वाचन समितिका अनुसार बिबाद मिलाउने प्रयास जारी राखिएको छ।

खासमा अध्यक्षका उम्मेदवारमा मध्य एक विजय सापकोटा पक्षले कालो मसीलाई मान्यता दिनुपर्ने जनाए पनि अर्का उम्मेदवार उपदेश यादव पक्षले भने असहमति जनाएको छ।

अरु प्रदेशमा पछि परेका उपदेशले मधेश प्रदेशमा भने सबैभन्दा धेरै ७० मत पाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *