आप्रवासी बोकेको विमान अवतरण गर्न नदिएपछि ट्रम्पले लगाए कोलम्बियामाथि थप २५ प्रतिशत कर र प्रतिबन्ध
काठमाडौं। अमेरिकाले कोलम्बिया माथि थप २५ प्रतिशत कर र प्रतिबन्ध लगाउने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई ल्याटिन अमेरिकी मुलुक कोलम्वियामाथि कडाई गर्न निर्देशन दिएका हुन्। अमेरिकाबाट फिर्ता पठाउने आप्रवासी बोकेका सैन्य विमानहरुको उडान रोक्ने कोलम्बियाको निर्णयसँगै राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन्।
कोलम्बियाका राष्ट्रपतिले पनि अमेरिकाबाट आयात हुने वस्तुमा समान शुल्क लगाउने घोषणासहित अमेरिकालाई जवाफ फर्काएका छन्। आफ्ना नागरिकलाई अपराधी जसरी सैन्य विमानमा ल्याएकोमा विरोध जनाउँदै कोलम्वियाले विमानहरुबाट फर्काएका आफ्ना नागरिकहरुलाई स्वागत गरिने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment