बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

डिसी नेपाल
१४ माघ २०८१ ११:०७
40
Shares

काठमाडौं। बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ। थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ। गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ।

सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन्। उनका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन्। जीवनदर्शन, समय र परिस्थितिलाई गीत गजलमा रुपान्तरण गर्ने क्षमता गीतकार थापासंग छ।

हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन्। गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *