ट्रम्पले ह्वाइट हाउसमा आफ्नो पहिलो हप्तामा के के महत्वपूर्ण निर्णय गरे ?

डिसी नेपाल
१४ माघ २०८१ १२:२१
416
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा काम गरेको पहिलो हप्ता पूरा गरेका छन् । यो एक हप्तामा उनले निकै महत्वपूर्ण निर्णयहरू गरेका छन् । ती निर्णयले पूरै विश्वलाई प्रभावित पारेका छन् ।

ट्रम्पले दक्षिणी सीमामा आप्रवासीहरूको प्रवेशमा प्रतिबन्ध लगाउन आदेश दिएका छन्। मेक्सिको सीमामा पर्खाल बनाउने प्रयास पुनः सुरु गरेका छन् र गैरकानुनी रूपमा वा अस्थायी भिसामा अमेरिकामा बस्ने आप्रवासीका बालबालिकालाई नागरिकता दिन अस्वीकार गरेका छन् ।

ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका छन् र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आदेशमा पनि हस्ताक्षर गरेका छन् ।

ट्रम्पले अमेरिकाले पुरुष र महिला दुई लिंगलाई मात्र मान्यता दिने घोषणा गरेका छन् । ट्रम्प प्रशासनले “लैङ्गिक विचारधारा” वा विविधतालाई बढावा दिने सबै सरकारी कार्यक्रमहरू समाप्त गरेको छ।

ट्रम्पले सामाजिक संजाल टिकटकमा लगाइएको प्रतिबन्ध ७५ दिनका लागि स्थगित गरेका छन्। साथमा उनले यो अवधिमा टिकटक अमेरिकालाई नबेचिए फेरि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।

ट्रम्पले क्यापिटल हिल दंगामा संलग्न एक हजार ६ सय समर्थकहरू, अति-दक्षिणपन्थी समूहका सदस्यहरू र २३ गर्भपतन विरोधी प्रदर्शनकारीहरूलाई सजायबाट माफी दिएका छन् ।

ट्रम्पले जोन एफ केनेडी, रोबर्ट केनेडी र मार्टिन लुथर किंग जूनियरको हत्यासँग सम्बन्धित गोप्य कागजातहरू जारी गर्न आदेश दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *