कंगोको गोमा सहरमा विद्रोहीहरूको कब्जा
काठमाडौं । एम २३ विद्रोहीहरूले प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणमा अवस्थित गोमा सहर कब्जा गरेका छन्।
स्थानीयहरूले जारी गरेको भिडियोमा एम २३ विद्रोहीहरूले कङ्गोली सेनामाथि कब्जा जमाएर गोमा सहरको मुख्य सडकमा गस्ती गरिरहेको देख्न सकिन्छ । दश हजारभन्दा बढी मानिसहरू नजिकका शहरहरूमा पलायन भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार लाखौंको जनसंख्या भएको गोमा सहरका सडकमा घण्टौं गोलीबारी र विस्फोटपछि अहिले सन्नाटा छाएको छ ।
प्रजातान्त्रिक गणतन्त्र कंगोका विदेशमन्त्रीले रुवान्डाले एम २३ विद्रोहीहरूलाई समर्थन गर्न सीमामा सेना पठाएर युद्ध उक्साएको आरोप लगाएका छन्।
रुवान्डाले आफ्नो देशमा सत्ता परिवर्तन गर्न चाहने सशस्त्र समूहहरूलाई कंगोले समर्थन गरेको बताउँछ।
केन्याले युद्धविरामको लागि आह्वान गरेको छ र कंगो र रुवान्डा अर्को दुई दिनमा क्षेत्रीय आपतकालीन शिखर सम्मेलनमा सहभागी हुने घोषणा गरेको छ। केन्याका राष्ट्रपति विलियम रुटो हाल पूर्वी अफ्रिका समुदायका अध्यक्ष छन्।
सन् २०२१ देखि विद्रोही समूह एम२३ को कङ्गोको ठूलो क्षेत्रमाथि नियन्त्रण छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment