बेलायतमा ४ हजार करोडको उत्तराधिकारी हत्याको आरोपमा जेलमा

डिसी नेपाल
१५ माघ २०८१ ९:४७
188
Shares

 

लन्डन । बेलायतमा पाई कम्पनीका मालिकका छोरालाई साथीको हत्या गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

गत २४ डिसेम्बर २०२३ मा डिलन थोमसले आफ्नो साथी विलियम बुशको निर्ममतापूर्वक हत्या गरेका थिए। सो हत्याका लागि आरोपीले साथीलाई करिब ३७ पटक छुरा प्रहार गरेका थिए । यसबाहेक उनको शरीरमा अन्य धेरै चोटका निशानहरू भेटिएका छन्। अदालतले यही मुद्दामा यस्तो सजाय दिएको हो । आरोपी करिब ४ हजार करोडको उत्तराधिकारी हुन् ।

मिडिया रिपोर्टका अनुसार आरोपितले हमलाको केही घण्टा अगाडि नै हत्याको पूर्ण योजना बनाएका थिए। थोमसले यसका लागि धेरै पटक अनलाइन जानकारी सङ्कलन गरेका थिए, थोमस भने सर स्टेनली थोमसका नाति हुन्। जसको परिवारले पिटर पि‌जका स्थापना गरेको छ । थोमसको परिवारले १९५० को दशकमा पाई उद्योगमा आफ्नो ब्यावसाय सुरू गरेका थिए, जुन धेरै सफल थियो। तर सन् १९८८ मा उनले आफ्नो कम्पनी पीटर्स फुड चेनको रूपमा बिकास गरे ।

हत्या भएको दिन थोमसलाई उनकी हजुरआमा शेरोन बर्टनले घरमा लगेका थिए। त्यहाँ पुगेपछि उनले चक्कु निकालेर बुस सुतिरहेको कोठामा पसे र आक्रमण सुरू गरे । आक्रमण यति तीव्र थियो कि घरबाट डरलाग्दो चिच्याहट सुनेर हिँडेका यात्रुहरूले नै प्रहरीलाइ खबर गरेका थिए । थोमसले आक्रमण पछि ९९९ मा आफैले पनि फोन गरेका थिए र यो दावी गरेका थिए कि ‘बुश ‘पागल’ भएको छ, मैले उसलाई छुरा हाने ।’ अभियोजन पक्षले यो पूर्वनियोजित आक्रमण भएको अदालतमा तर्क गरेको छ । जसलाई योजना बनाई कार्यान्वयन गरिएको भनिएको छ ।

मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश स्टेनले हत्यालाई विशेष गरी भयानक भनेका छन् । बुसलाई उनको शयन कक्षको सुरक्षामा विश्वास गर्ने व्यक्तिले निर्मम तरिकाले आक्रमण गरेको बताए।

यो हत्या पछि थोमसले आफू पागल भएको जनाएका छन् । उनले अदालतमा मनोवैज्ञानिक सहयोग नपाएकोमा पछुताएको बताए जबकि प्रमाणले उनी महिनौंदेखि मानसिक रोगी रहेको देखाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *