विभिन्न कार्यक्रमका साथ मनाइयो विश्व क्यान्सर दिवस

डिसी नेपाल
२२ माघ २०८१ १७:४७
12
Shares

काठमाडौं । विश्व क्यान्सर दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाइएको छ।

पृथकतामा एकता : क्यान्सर भोगाइका कथाहरु भन्ने नाराका साथ नेपालमा विश्व क्यान्सर दिवस मनाइएको हो। दिवसका अवसरमा भक्तपुर क्यान्सर अस्पताल भक्तपुरले सेवा विस्तार गर्दै बिशेष कार्यक्रमको आयोजना गरेको थियो। सो अवसरमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पतालमा अटोमेटिक रिपोर्ट भेन्डीङ मेशिनको शुभारम्भ गरे।

उक्त सेवा शुभारम्भ भएसँगै अस्पताल परिसरमा रहेको मेशिनमा स्क्यान गरेर विरामीले आफ्नो रिपोर्टको प्रति प्राप्त गर्ने अस्पतालले जनाएको छ।

स्वास्थ्य मन्त्री पौडेलले क्यान्सरका विरामीलाई सहज रुपमा उपचार गर्न सक्ने गरि अस्पतालको सेवा सुविधा विस्तार गर्दै जाने बताए।

उनले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर बिरामीका लागि प्रदान गरेको सेवाको प्रशंसा गर्दै सेवा विस्तारमा सरकारको सहयोग हुने प्रतिवद्धता जनाए।

साधान स्रोतको सिमितताले गर्दा प्रयास गर्दा गर्दै पनि सरकारले अस्पतालहरुमा प्रयाप्त सेवा विस्तार गर्न नसकेको उनले बताए। उपचार गर्ने केन्द्रको मापदण्ड अनुसार सञ्चालन गरेको हुनुपर्ने भन्दै उनले मापदण्ड अनुसारको सेवा प्रदान नसक्ने अस्पताललाई निगरानी गर्ने उल्लेख गरे।

विश्वमा हरेक वर्ष २ करोड व्यक्तिहरुलाई क्यान्सर रोग देखिएको भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ। नेपालमा पनि हरेक बर्ष करिव २२ हजार जनालाई क्यान्सर रोग देखिएको छ भने वर्षेनी क्यान्सर रोगका कारण १४ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *