आज रोज डेः कुन रंगको गुलाब कस्लाई दिने ?

डिसी नेपाल
२५ माघ २०८१ ८:२६
184
Shares

काठमाडौं। भ्यालेन्टाइन सप्ताह प्रेमीहरूको लागि धेरै विशेष छ। यो सातामा प्रेम हावामा घुल्छ र भ्यालेन्टाइन विकको पहिलो दिन हावामा गुलाबको सुगन्ध पनि बग्न थाल्छ । हरेक वर्ष फेब्रुअरी ७ बाट भ्यालेन्टाइन वीक सुरु हुन्छ, यसको पहिलो दिन रोज डे मनाइन्छ।

धेरै जोडीहरूको रोमान्टिक कथा रोज डेबाट सुरु हुन्छ। वास्तवमा यस दिन केटा वा केटीहरूले आफ्नो पार्टनर वा आफूले मनपर्ने व्यक्तिलाई गुलाब दिन्छन्। गुलाबलाई फूलको रानी भनिन्छ । यसको सुगन्ध, सौन्दर्य र रगतजस्तै गहिरो रातो रङले मुटु छुन्छ।

तर, रोज डेमा रातो गुलाब मात्र होइन विभिन्न रंगका गुलाब जो सुकैलाई पनि दिन सकिन्छ । यी फरक–फरक गुलाबको महत्व र अर्थ पनि फरक–फरक छ । यस्तो अवस्थामा आफ्नो भावना व्यक्त गर्न कुन रंगको गुलाब दिन सकिन्छ त, जान्नुहोस्।

रातो गुलाब
रोज डेमा रातो गुलाब दिनु भनेको कसैलाई आफ्नो माया व्यक्त गर्नु हो किनभने रातो रङलाई प्रेमको रंग भनिन्छ । रातो गुलाबलाई प्रेम, भक्ति र रोमान्सको प्रतीक मानिन्छ। भ्यालेन्टाइन डे र रोज डेमा पनि रातो गुलाब दिइन्छ ।

गुलाबी गुलाब
तपाईले मनपर्ने वा तपाईलाई मन पर्ने व्यक्तिलाई गुलाबी गुलाब दिन सक्नुहुन्छ। यो गुलाब आफ्नो भावना व्यक्त गर्न दिन सकिन्छ। यदि तपाईं कसैप्रति कृतज्ञता महसुस गर्नुहुन्छ भने यो उनलाई पनि यो दिन सकिन्छ।

पहेंलो गुलाब
पहेँलो गुलाबलाई मित्रताको प्रतीक मानिन्छ । यो गुलाब आफ्ना साथीहरूलाई वा साथीको रूपमा मन पराउने व्यक्तिलाई दिन सकिन्छ।

सेतो गुलाब
सेतो रंगलाई शान्तिको प्रतीक मानिन्छ । तपाईं यो गुलाब कसैलाई दिन सक्नु हुन्छ, जसको लागि तपाईंको मनमा कुनै छल छैन। सम्बन्धमा इमान्दारिता देखाउनको लागि व्यक्तिले कसैलाई सेतो गुलाब पनि दिन सक्छ।

सुन्तला गुलाब
सुन्तला रंगको गुलाब ऊर्जा, खुशी र उत्साह व्यक्त गर्न दिइन्छ। सम्बन्धमा यो गुलाब दिनुको अर्थ तपाई आफ्नो पार्टनरसँगको सम्बन्धमा जोश र उत्साह चाहनु हुन्छ भन्ने हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *