कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

डिसी नेपाल
२८ माघ २०८१ ९:३४
200
Shares

कञ्चनपुर । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल पचुईको स्कुल बसले ठक्कर दिंदा सोही ठाउँ बस्ने मिनबहादुर कुँवरको २ वर्षीय छोरा सुशान्त कुँवरको घटनास्थलमै मृत्यु भएको हो।

बस प्रहरीको नियन्त्रणमा रहेपनि बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको चालकको खोज तलास भईरहेको प्रहरीले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *