पौवागढीको गीत
को सक्छ हामीलाई हराउन भन्दै
बढ्यो त्यो फिरङ्गी
नेपाल खाने अपूर्व मौका
चढ्यो त्यो सिन्धुली
चढ्यो त्यो सिन्धुली ।
त्यो दूर दृष्टि त्यो देशभक्ति
भरिएको साहस, बहादुर गोरखाली
फिरङ्गी खेद्ने पृथ्वीको आदेश
जय गोरख काली पुगे ती सिन्धुली
जय गोरख काली पुगे ती सिन्धुली ।
छापामार हमला गोरखाली तगडा
सिन्धुली त्यो पौवा गढीमा
गोरखाली जागे फिरङ्गी भागे
नेपालको माटोमा नेपालको बाटोमा
नेपालको माटोमा नेपालको बाटोमा ।
उपनिवेशवादी शक्तिलाई खेद्ने
पहिलो विजय त्यो
सबभन्दा बलियो आधार दियो
जो नेपाल बन्यो यो
जो नेपाल बन्यो यो ।
घाम नअस्ताउने संसार खाने
शक्तिको अहंकार
चकनाचुर उसको पराजय उस्को
गोरखाली प्रहार
गोरखाली प्रहार ।
गौरवशाली त्यो जीत हाम्रो
इतिहास रचे नेपाल रचे
पृथ्वीनारायणले
गोरखाली वीरले
पृथ्वीनारायणले
गोरखाली वीरले।
सिन्धुलीगढी त्यो पौवागढी
गौरवगढी हो
गौरव गाथा पौवाको गीत
नेपालको गीत हो
जितको गीत हो
नेपालको गीत हो।
जितको गीत हो।
No ads found for this position


Facebook Comment