शनिबार १२ सम्म सबै बन्धक रिहा गर्न हमासलाई ट्रम्पको चेतावनी

डिसी नेपाल
२९ माघ २०८१ ७:५८
3.8k
Shares

काठमाडौं। गाजाबाट इजरायली बन्धन रिहाई रोक्ने हमासको घोषणापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार १२ बजेसम्म सबै बन्धन रिहाइ गर्न चेतावनी दिएका छन्।

ट्रम्पले गाजा युद्ध विराम सम्झौताको भविष्यलाई लिएर आफ्नो तर्फबाट समयसीमा तोकेका हुन्।

ट्रम्पले भने, ‘जहाँसम्म मेरो चिन्ताको विषय छ, शनिबार १२ बजेसम्म सबै बन्धन रिहा नगरे यो सम्झौता रद्द हुन्छ। अब सबै बाटो बन्द भइसकेको छ। जे भए पनि होस्। मलाइ लाग्छ शनिबार सम्मको समय प्रयाप्त हो।’

ट्रम्पले दिएको शनिबार १२ बजेसम्मको दिनको हो वा रातिको हो भन्ने स्पष्ट हुन सकेको छैन। ट्रम्पले सबै बन्धन एकै साथ रिहा हुनुपर्ने बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *