मस्कले च्याटजिपीटी बेच्न भनेपछि अल्टम्यानले भने, ‘म टविटर किन्छु’
न्युयोर्क। अमेरिकी अर्बपति एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच सामाजिक सञ्जालमा युद्ध सुरु भएको छ ।
दुवैले एकअर्काको कम्पनी किन्न प्रस्ताव गरेका छन् । पहिला मस्कले भने कि उनी ओपनएआई किन्न तयार छन्। जवाफमा अल्टम्यानले पनि यो प्रस्ताव अस्वीकार गरे र ट्विटर किन्न प्रस्ताव गरेका छन । यो पुरा मामिला के हो रु आउनुहोस्, जान्नुहोस् ।
च्याट जिपिटी निर्माता ओपन आइ सन् २०१५ मा मस्क र अल्टम्यानले सँगै सुरु गरेका थिए। मस्क सन् २०१८ मा यस कम्पनीबाट अलग भएका थिए । अहिले केही समय अघि मस्कले ओपनएआई र अल्टम्यानविरुद्ध धेरै मुद्दा दायर गरेका पनि छन् । सुरुमा गैर नाफामुलक भनेर राख्ने भनिए पनि कम्पनी अहिले आफ्नो मौलिक बाटोबाट हटेर एआई उपकरणबाट नाफा कमाउनेतर्फ अघि बढेको मस्कको आरोप छ ।
मस्कले आफ्नो कम्पनी एक्स एआइ केही अन्य लगानीकर्ता फर्महरूसँग ओपनएआईलाई १०० अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। मस्कले भने कि उनी यसलाई गैर लाभकारी अनुसन्धान प्रयोगशालामा रूपान्तरण गर्न चाहन्छन्। मस्कका वकिलले पनि यसको पुष्टि गरेका छन् । मस्कले अब ओपनएआईलाई ओपन सोर्सतर्फ लैजाने समय आएको बताएका हुन । यसले सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ र उनीहरूले त्यसो गरिरहने छन्।
मस्कको प्रस्तावलाई अस्वीकार गर्दै अल्टम्यानले उल्टै मस्कको ट्विटर किन्न प्रस्ताव गरेका छन्। उनले लेखेका छन् कि यदि मस्कले चाहान्छन भने उसले ट्विटरलाई ९.७४ बिलियनमा किन्न सक्छन्। जबकी, मस्कले २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए र त्यसपछि मस्कले वास्तविक मूल्यभन्दा धेरै गुणा बढीमा यो सम्झौता गरेको भनिएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment