कविता: बा !
बा केही होइनन् भन्नेहरुका लागि
उ टुहुरो हुनुपर्छ
बाले साथ छोड्नु पर्छ
बाका हातका औंलाहरु
बीच सफरमा छोडिनुपर्छ।
बाध्यताले थिचिएर
बेसाहारा भएको पल
बाले तँ गर छोरा भन्ने
भरोसायोग्य वचनको अभाव हुनपर्छ।
अधुरा सपना र रहररु पूरा गर्न
बाले काँधेकुरी गर्नुपर्छ
छोराको सफलतामा
स्याब्बास छोरा भन्दै
ढाप मार्नुपर्छ
बाले सबथोक गर्नुपर्छ।
बा सबै हुन्।
शिशिरको घाम हुन्
पूर्णिमाको जुन हुन्
औँसीको तारा हुन्
बे-साहाराको साहारा हुन्
शीत हुन्
पात हुन्
बा सब थोक हुन्।
बा आमा होइनन्
तर,
बा समाज हुन्
देश हुन्
विदेश हुन्
आफ्नै हुन्
कारण बस् परदेशका
पराइ हुन्
बा,
ती भिमकाय पहाड हुन्
जसको ओतमा हरेक सन्तानले
सुरक्षाको महसुस गरेको होस्
र भनोस्
बा,
मेरा लागि सबथोक हुन्।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment