कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी तालिम

डिसी नेपाल
५ फागुन २०८१ २३:०१
64
Shares

पोखरा। ‘द आर्ट अफ लिभिङ’ गण्डकी प्रदेशको आयोजनामा कास्की कारागारका कैदीबन्दीलाई योग, ध्यान र ज्ञानसम्बन्धी ‘प्रिजेन्ट स्मार्ट’ तालिम प्रदान गरिएको छ।

आठ दिने उक्त तालिमको समापन गर्दै आज प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जीवनलाई सुन्दर बनाउन योग, ध्यान र ज्ञानले सहयोग पुग्ने बताए। उनले विगतका गल्तीलाई प्रायश्चित्त गर्दै कारागार जीवनपछि सत्कर्मबाट सकारात्मक जीवनशैलीतर्फ अग्रसर गराउन यस्ता तालिम उपयोगी हुने विश्वास व्यक्त गरे।

जेलर राजेन्द्र शर्माले कैदी बन्दीहरूको मानसिक स्वास्थ्य, आत्मबल वृद्धि र पुनः सामाजिक पुनर्स्थापनाका लागि तालिम फलदायी रहेको बताए। उनले आगामी दिनमा थप बन्दीहरुका लागि पनि तालिमको खाँचो रहेको बताए।

उनका अनुसार तीन वटा ब्लकमा रहेका तीन सय ५० जनालाई तालिम प्रदान गरिएको थियो। हाल कारागारमा सात सय ७९ जना बन्दी छन्। जसमा ४९ महिला र दुई जना नाबालक छन्।

तालिममा स्वामी ब्रह्माचार्य श्री चैतन्य, आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख सौमाया गुरुङ भट्टराई, प्रशिक्षक सागर पौडेल, डा रञ्जन लामिछाने र हेमचन्द्र गुरुङले प्रशिक्षण दिएका थिए। तालिममा सहभागी कैदीबन्दीले कार्यक्रम उपयोगी रहेको अनुभव सुनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *