बाल सिर्जनाका कार्यक्रम महानगरको प्राथमिकतामा : मेयर बालेन

डिसी नेपाल
७ फागुन २०८१ १६:१८
40
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताएका छन्।

प्रजातन्त्र दिवसको अवसर पारेर काठमाडौं महानगर वडा नम्बर २७ ले बुधबार काठमाडौंको रानीपोखरी परिसरमा आयोजना गरेको पिएल सिंह स्मृति चित्रकला प्रतियोगिता कार्यक्रममा प्रमुख शाहले अतिरिक्त क्रियाकलापले विद्यालय स्तरका बालबालिकाको चौतर्फी विकासमा योगदान पुग्ने भएकाले बाल सिर्जनाका कार्यक्रमलाई महानगरले प्राथमिकतामा राखेको बताएका हुन्।

उनले विद्यालय स्तरका बालबालिका लक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमलाई महानगरले निरन्तरता दिने उल्लेख गरे।

बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्ने उहाको भनाइ छ।

त्यस्तै उनले पिएल सिंह स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रुपमा रहेको स्मरण गरे। हाम्रा सांस्कृतिक सम्पदा विषयक स्थलगत चित्रकला प्रतियोगितामा विभिन्न विद्यालयका दुई सय जना विद्यार्थीको सहभागी रहेका थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *