दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा’ विरोध

डिसी नेपाल
६ भदौ २०७६ ११:०३

टोकियो । सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोसजनक’ कदम भनेको छ ।

“दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णय वर्तमान् क्षेत्रीय सुरक्षा वातावरणमा ‘विल्कुल गलत निर्णय’ हो र यो नितान्त अफसोसपूर्ण छ,” जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तब्यमा उल्लेख छ ।

उनले भने, “हामीले दषिण कोरियाली पक्षद्वारा गरेको दावी स्वीकार गर्न सक्दैनौँ । साथै यस निर्णय लिएकोमा दक्षिण कोरियाली सरकारको कडा शब्दमा विरोध गर्छौँ ।” उनले यस बिषयमा दक्षिण कोरियाको धारणा माग्न जापानका लागि दक्षिण कोरियाली राजदूतलाई बोलाई उनिसँग राजधानी टोकियोमा राय लिने काम भएको छ ।

सियोलले सैन्य–सूचना आदानप्रदान सम्झौता कोरियाली हितमा नरहेको भन्दै यसको खारेज गर्ने निर्णय गरेपछि जापानको उक्त प्रतिक्रिया आएको हो । सामान्य सुरक्षासम्बन्धी सैन्य सूचना सहमतिको अन्त्य गर्ने कोरियाली निर्णयसँगै अमेरिकाका निकट सहयोगी मानिने यी दुई प्रजातान्त्रिक मुलुकहरूबीचको सम्बन्धमा तनाव देखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *