क्यालिफोर्नियामा उडिरहेको विमान बीच समुद्रमा खस्यो

डिसी नेपाल
६ भदौ २०७६ ११:५०

एजेन्सी। अमेरिकाको उत्तरी क्यालिफोर्निया तट हाफ मून बेमा बुधबार एउटा विमान बीइ–३६ दुर्घटना भएर समुद्रमा खस्यो । विमानमा पाइलट डेभिड लेस र उनकी एक साथी कायला थिए । दुर्घटनापछि दुवै सुरक्षित छन् । उनीहरु दुवै विमान समुद्रमा खस्नुअघि नै विमानबाट हाम्फालेका थिए ।

उनीहरुलाई करिब ३० मिनेटपछि कोस्टगार्ड अधिकारीहरुले हेलिकप्टरको सहयोगमा बचाए । विमान खसेपछि पाइलट र महिलाले त्यही विमानमाथि उभिएर भिडियो बनाएका थिए । पाइलट डेभिड लेसले भने ‘हामी भाग्यमानी रहेछौं र बच्यौं तर पानी अलि बढी नै चिसो छ ।’ रिपोर्टका अनुसार भिडियोमा विमान पानीमा खसेको देख्न सकिन्छ । हावाबाट पानीमा खसेपछि लेस र कायलाले विमानको पखेटामा उभिएर विमान डुब्दासम्म भिडियो बनाए । त्यसपछि जब उनीहरु पानीमा पौडिँदै थिए त्यही समय उद्धार टोली पुग्यो ।

३४ वर्षका पाइलट लेसका अनुसार उनकी साथीले गोल्डेन गेट ब्रिज र खाडीमाथिबाट उड्ने योजना बनाएकी थिइन् । तर, विमानको बीचक्राफ्ट बोनान्जा इन्जिन फेल भयो र विमान पानीमा खस्यो । पाइलट लेसका अनुसार उनलाई केही गडबड भएको महसुस भएको थियो । उनले भने ‘पानीमा खस्नुभन्दा पहिले नै मैले बुझिसकेको थिएँ कि हामीसँग एक वा २ मिनेटभन्दा धेरै समय बाँकी थिएन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *