क्यालिफोर्नियामा अर्को विमान दुर्घटना ! उडान भर्ने क्रममा यात्रुवाहक विमानमा आगो लाग्यो

डिसी नेपाल
६ भदौ २०७६ १५:०५

क्यालिफोर्निया (सिएनएन)। अमेरिकाको क्यालिफोर्नियामा उडान भर्ने क्रममा जेट विमान दुर्घटना भएको छ । ओरोभिल्ले म्युनिसिपन एयरपोर्टबाट उडान भर्ने क्रममा विमानमा आगो लागेको संघीय उड्डयन प्रशासनले जनाएको छ । विमानमा रहेका चालकदलका सदस्यसहित सबै १० जना विमानबाट निस्केर सकुशल भाग्न सफल भएका छन् ।

कागजसम्बन्धी उत्पादन गर्ने कम्पनी ग्राफिक प्याकेजिङ इन्टरनेशनलले विमानमा रहेका १० जनामध्ये ८ जना आफ्ना कर्मचारी भएको पुष्टि गरेको छ । विमान दुई इन्जिनवाला सेस्ना सिटेसन भएको बताइएको छ । विमान उडान भर्ने क्रममा रनवेबाट चिप्लिएपछि यसमा आगो लागेको थियो । विमान ओरेगनमा पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा जान लागेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *