के गोविन्दाको डिभोर्स हुन लागेको हो?
काठमाडौं । बलिउड अभिनेता गोविन्दा र श्रीमती सुनिता आहुजाबीच डिभोर्सको हल्लाले बलिउड तातेको छ। मंगलबार भारतीय केही सञ्चारमाध्यममा यी दुवैबीचको सम्बन्धलाई लिएर गसिप आएपछि सर्वत्र चासो बढेको हो।
जीन्युजइन्डियाले गोविन्दा एक मराठी अभिनेत्रीसँग प्रेम सम्बन्धमा रहेको भन्दै सोही कारण सुनिताले डिभोर्स लिन चाहेको समाचार उल्लेख गरेको छ। तर, ती मराठी अभिनेत्री को हुन् भन्ने नाम खुलाइएको छैन। गोविन्दा र सुनिताबीच ३७ वर्ष अगाडि विवाह भएको थियो। सुनिता नेपाली मूलकी हुन्।
केही समयअघिदेखि नै सुनिताले मिडियामा आफू अलग्गै बस्दै आएको बताउँदै आएकी छन्। गोविन्दा खराब मानिसको संगतमा रहेकाले आफू छोराछोरी अलग्गै बसेको उनको भनाइ थियो।
गोविन्दा भने यो अपार्टमेन्टको सामुन्ने भएको अर्को बंगलामा बस्ने उनको भनाइ थियो। दुवैको जीवनशैली पनि फरक छ। गोविन्दा १० जना मानिसहरूले घेरिएर बसेका हुने पनि उनले बताइन्। तर, आफूलाई छोराछोरीको साथमा एक्लै बस्न मन पर्ने उनको भनाइ थियो।
मिडियाले चलाएका डिभोर्सको अफवाहमा गोविन्दा र उनको परिवारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment