मेलिना र हेमन्तको ‘पंखा एसी’ बजारमा

डिसी नेपाल
६ भदौ २०७६ १७:२०

काठमाडौं । चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको यूगल गीत ‘पंखा एसी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

डी.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको यस गीतमा नेपाली चलचित्र ‘लम्फु’बाट चर्चामा आएका नायक कबिर खड्का, मोडेल एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठको अभिनय रहेको छ ।

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई पदम सुबेदीले सम्पादन र मिलन विश्वकर्माले कलरिङ गरेका छन् । शिव बिकको कोरियोग्राफी तथा निर्देशन रहेको ‘पंखा एसी’ को भिडियो डश म्यूजिक नेपालमार्फत सार्वजनिक गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *