च्याम्पियन्स ट्रफीमा आज बंगलादेश र पाकिस्तान खेल्दै
काठमाडौं। जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज बंगलादेश र पाकिस्तानबीच खेल हुँदैछ। पाकिस्तानको रावलपिन्डीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ।
समूह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने पर्ने छैन। तर दुवै देश प्रतियोगितामा आफ्नो पहिलो जित हासिल गर्ने उद्धेश्यले आज मैदानमा उत्रिने छन्।
बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका हुन्। समूह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्।
बंगलादेश र पाकिस्तानबीच एकदिवसीय खेलमा हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म ३९ खेल भएका छन्। जसमा पाकिस्तानले ३४ खेल जितेको छ भने बंगलादेशले ५ खेल जितेको छ।







डिसी नेपाल







Facebook Comment