गजल

सत्य उपाध्याय 'विजया'
१७ फागुन २०८१ ७:०५
180
Shares

कसरी पोल्छ अभाव र पीर बालाई सोध्नुस्
कस्तो हुन्छ दु:खको तारेभीर बालाई सोध्नुस्।

सहरमा बसेर चिसोमा न्यानोपन खोज्नेहरू हो
गाउँमा काटिन्छ तुसारे सिसिर बालाई सोध्नुस्।

भान्सामा थाल बिछाउँदैमा खाना मिठो हुन्न
कसरी पाक्छ आँसुमा खीर बालाई सोध्नुस्।

यो उकालो चढ्दै गर्दा त्यो ओरालो झर्दै गर्दा
के हुन्छ भारी के हुन्छ शरीर बालाई सोध्नुस्।

ईश्वर भेटिन्न मठ, मन्दिर, चैत्य, गुम्बामा कहिल्यै
बाल्दैमा धुप चढाउँदैमा अबिर बालाई सोध्नुस्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *