वैदेशिक रोजगार बोर्डका निर्देशकको गीत ‘छोरो गयो परदेश’ सार्वजनिक
काठमाडौं । वैदेशिक रोजगार बोर्डका निर्देशक टिकाराम ढकालले रचना एवं निर्माण गरेको गीत ‘छोरो गयो परदेश’ को गीत तथा म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच उक्त गीत तथा भिडियोको सार्वजनिक गरिएको हो।
कार्यक्रममा निर्देशक ढकालले गीतमा वैदेशिक रोजगारको विषयलाई समेटिएको जानकारी दिए।
उनले भने,‘गीतमा सरकारलाई गाली गरेको मात्रै छैन्। निराशावादी नहोऔं, सरकारलाई गाली मात्र नगरौं। छोरा विदेश गयो बर्वाद भयो मात्र नभनौं। अब समृद्धि हुन्छ। त्यहाँबाट ज्ञान र सीप कमाएर ल्याएर देशमा नै केही गर्ने वातावरण हुन्छ। भनेर भिडियो कन्सेप्ट छ।’
उनले आफ्नो पहिलो कोसेलीको रुपमा ‘छोरो गयो परदेश’ को गीत ल्याएको भन्दै सबैले हेरेर प्रतिक्रिया दिनको लागि आग्रह गरे।
कपिल कार्कीले निर्देशन गरेको गीतमा गायक डिजराज पौडेलले स्वर दिएका छन्।
म्युजिक भिडियोमा नरेन्द्र खतिवडा,दिपेन्द्र खत्री,डिजराज पौडेल टेकराम ढकाल मञ्जु श्रेष्ठ लगायतको अभिनय रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment