इटालीका लेजेण्ड गोलकिपर बुफोन काठमाडौंमा
काठमाडौं। इटालीका लेजेण्ड गोलकिपर गियानलुइगी बुफोन काठमाडौं आइपुगेका छन्। बुफोन सोमबार हुने केपी ओली कपको फाइनल खेलका लागि विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आएका हुन्।
सोमबार दशरथ रंगशालामा हुने फाइनल खेलमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब भिड्दै छन्। आयोजक राष्ट्रिय युवा संघले बुफोनलाई अतिथिको रुपमा काठमाडौं ल्याएको हो।
४७ वर्षीय बुफोनले इटालीका लागि १७६ खेल खेलेका छन् भने इटालीलाई २००६ को विश्वकप जिताउँदा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment