यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’लाई ५ विधामा ओस्कार अवार्ड
काठमाडौं । अमेरिकाको लस एन्जलसमा आयोजना भइरहेको ओस्कार अवार्ड समारोहको साँझमा फिल्म ‘अनोरा’ हावी रह्यो। यो समारोह अब समाप्त भएको छ।
यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ ले अहिलेसम्म उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच विधामा ओस्कार अवार्ड जितेको छ। फिल्मकी अभिनेत्री मिकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्।
यस फिल्मका लागि शन बेकरले उत्कृष्ट निर्देशकको पुरस्कार पाए। जबकि यो फिल्मले उत्कृष्ट सम्पादनको अवार्ड पनि पाएको छ।
यसैबीच, द ब्रुटालिस्ट अभिनेता एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन्। यो फिल्मले उत्कृष्ट मौलिक स्कोर र उत्कृष्ट छायांकनको लागि ओस्कर अवार्ड जितेको छ।
यस वर्षको ओस्कार समारोहमा, द ब्रुटालिस्टले पनि तीन विधामा ओस्कार पुरस्कार प्राप्त गरेको छ, विक्डले दुई, एमिलिया पेरेजले दुई र ड्युन: पार्ट टुले दुई पुरस्कार प्राप्त गरेका छन् ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment