सबिन श्रेष्ठले ल्याए “ए घरबेटी बा”

डिसी नेपाल
२० फागुन २०८१ १०:१७
292
Shares

काठमाडाैं। कलाकार सविन श्रेष्ठले “ए घरबेटी बा”नामक वेव सिरिज लिएर आएका छन्। कमेडी जनरमा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ।

दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी छिन भने सविन श्रेष्ठ नामक युटुव च्यानल मार्फत प्रशारण हुनेछ। सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रुपमा देखिँदैछन्।

काठमाण्डौं शहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथेकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरुको समेत अभिनय रहेको छ ।

सविन श्रेष्ठ भन्छन् मैले काम गरेका फिल्म अक्सर एक्सन जनरका छन् तर कमेडी जनरको वेवसिरिज लिएर आएका छौं। बाहिरबाट आएका युवायुवतिहरुले काठमाण्डौं शहरमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं। जसले दर्शकहरुलाई पूर्ण मनोरञ्जन दिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *