क्राइम थ्रिलर ‘११:५५’को ट्रेलर सार्वजनिक

डिसी नेपाल
२२ फागुन २०८१ १७:१५
64
Shares

काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘११:५५’ (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट २८ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो।

क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको सार्वजनिक ट्रेलरमा मानिसहरु आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथा मार्फत देखाएको बुझ्न सकिन्छ। सिनेमाका ५ मुख्य कलाकारलाई सिनेमाको ट्रेलरमन रक्तिम अवतारमा प्रस्तुत गरिएको छ। सिनेमाको ट्रेलरमा शहरीया परिवेशमा धोका जालझेल र आफ्नो स्वास्थपुर्तिका लागि जस्तोसुकै कदम चाल्नसक्ने प्रवृति यी पात्रहरुमा रहेको संकेत गरेको छ।

लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण सिनेमाको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। यसर्थ सिनेमाले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ। सिनेमामा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी र डेव्यु अभिनेता सागर खनालको अभिनय रहेको छ। सिनेमामा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन रहेको छ।

निर्देशक पाण्ड आफुलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि आफुले डेव्यु निर्देशकिय सिनेमा नै क्राइम थ्रिलर जनरा छानेको बताए। मेरो सोच अनुरुप नै कलाकार छानोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उनको भनाई छ। पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि सिनेमा रिलिजमा केही समय लागेको उनले जानकारी दिए।

अलल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन्।

बिचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन्। सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *