शंकरदेवमा स्ववियु सभापतिले च्याते रजिष्टर
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिष्टर च्यातेका छन्।
क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिष्टर च्यातेका हुन्।
‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,’ उनले भने।
उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा स्ववियुको समर्थन रहेकाले आफूहरूले फर्जी भर्ना गर्न सक्ने कुनै आधार नरहेको उनको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment