कास्कीमा भूकम्पको धक्का
कास्की। कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४:११ बजे गएको उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो।
हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment