कविता : पढेँ एम ए
पढेँ एम ए
भएँ पि ए
देखे जागिरे
भो बिहे
खान्छस् आइज
भनेर दिए
भिनाजु मन्त्री
सालो पि ए
डाक्टर बन
भन्ने थिए
न त इन्जिनियर बन्ने
सल्लाह लिएँ
भिनाजु मन्त्री नभए
खाडी जाने थिएँ
दिदीको कृपाले त
आफ्नो देशमै जिएँ
बिरोध गर्नेको
मुखै सिएँ
भिनाजुको निम्ति
ज्यानै दिएँ
भिनाजु जस्तै मोटाएँ
जनता खिए
युटुबेले भाइरल बनाउँदा
टेन्सनले साँझमा पिएँ
लस एन्जेलस
No ads found for this position
प्रतिक्रिया


Facebook Comment