सभापति देउवा महायज्ञमा सहभागी
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा सञ्चालन भइरहेको महायज्ञमा सहभागी भएका छन्।
सुदूरपश्चिम साहित्य समाजद्वारा फागुन २७ गतेदेखि आयोजित महायज्ञको समापन समारोहमा मंगलबार दिउँसो प्रमुख अतिथिका रुपमा सहभागी भएका हुन्।
शुभकामना दिँदै सभापति देउवाले नेपाल धार्मिक देश भएकाले यस्ता महायज्ञले सबैलाई जोड्ने बताए। उनले हिन्दु बाहुल्य भएको देशमा धार्मिक गतिविधि बढेमा धार्मिक प्रर्यटकको समेत संख्या बढ्ने र यसले राष्ट्रलाई फाइदा पुग्ने बताए।
सो अवसरमा सभापति देउवाले कथा बाचिका राधिका दासीबाट प्रसादसमेत ग्रहण गरेका थिए।

No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment