रिसाएका जनताको असन्तुष्टि सम्बोधनमा सचेत बनौं : गगन थापा

डिसी नेपाल
२७ फागुन २०८१ १४:५०
212
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधसभा सदस्य गगनकुमार थापाले जनताको असन्तुष्टि समयमै सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै थापाले जनताको असन्तुष्टिलाई हल्का रुपमा लिएर अहंकार राख्न नहुने बताएका हुन्।

‘असन्तुष्ट जनताभित्र आक्रोश छ। यसलाई नजरअन्दाज गर्नु हुँदैन। केही पनि भएको छैन, यो केही होइन भन्ने अहंकार कसैले राख्न हुँदैन। जनताको असन्तुष्टि समयमै बुझ्दै सम्बोधनमा सचेत रहनुपर्छ,’ उनले भने।

सांसद थापाले २०६२/०६३ को जनआन्दोलनमा साथ दिएको नागरिक पंक्ति पनि यतिबेला असन्तुष्ट रहेकोले संवाद गर्नु पर्ने धारणा राखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *