फिल्म ‘होस्टेल-३ ’ ले कति कमायो ?
काठमाडौं। फिल्म ‘होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ। चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कअनुसार फिल्मले ६ दिनमा अर्थात् बुधबारसम्म ग्रस २ करोड २० लाख कमाएको छ।
आज शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको ‘होस्टेल ३’ बिहीबारबाट मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार र बहराइनमा प्रदर्शनमा आएको छ।
सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, रिहान गिरी, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ लगायतको अभिनय छ। होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको फिल्ममा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment