महायज्ञमा पदमराज भट्ट प्रकाशद्वारा ३५ लाख मूल्य बराबरको जमिन दान

डिसी नेपाल
१ चैत २०८१ १६:३१
1.6k
Shares

धनगढी । होटल व्यवसायी पदमराज भट्ट प्रकाशले सुदूर पश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा ३५ लाख मूल्य बराबरको जमिन दान गरेका छन्।

सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजनामा राधिका दासीबाट भागवत कथा वाचन भएको समारोहमा उनले एक कठ्ठा ६ धुर जमिन दान गरेका हुन्।

साहित्य समाजले देशको सर्वोच्च पुरस्कारका लागि अक्षयकोष स्थापनार्थ तथा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि महायज्ञ आयोजना गरेकोमा समाजको उद्देश्यमा टेवा पुगोस् भन्ने मनसायका साथ आफूले जमिन दान गरेको भट्टले बताएका छन्।

उनले गौरीगंगा नगरपालिका-७ मनकापुरस्थित जमिन प्रदान गरेका हुन्। समाजका अध्यक्ष तीर्थराज पाण्डेयले पवित्र उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा भूमि दान भट्टप्रति आभार व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *