यु-१९ टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई राष्ट्रिय यु-१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
साथै, सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा महासचिव किरण राईले मंगलबार श्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिप मे ९ देखि १८ सम्म भारतको अरुणाञ्चलमा हुँदैछ। ६ राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, माल्दिभ्स र भुटान तथा समूह ‘बी’ मा नेपाल, भारत र श्रीलंका रहेका छन्।
नेपालले मे ११ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यसैगरी नेपालले मे १३ मा घरेलु टोली भारतको सामना गर्नेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment