राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको उपाधि आर्मीलाई
कास्की। गण्डकी प्रदेशको राजधानी पोखरामा सञ्चालन भएको ‘पोखरा कप’ राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीले चुमेको छ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने नारासहित गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत आज सम्पन्न फाइनलमा घरेलु टोली गण्डकीलाई ३७–३२ ले हराउँदै आर्मीले उपाधि चुमेको हो। सुरुमा २७–२५ को अग्रतामा रहेको गण्डकीले पछि लय गुमाउँदा आर्मी डिफेन्स लाइनलाई बलियो बनाउँदै विजेता बन्न सफल भयो।
आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए। उपाधिसँगै आर्मीले नगद रु एक लाख हात पारेको छ। उपविजेता गण्डकीले रु ५० हजार प्राप्त गर्यो। यस्तै एपिएफ क्लबले तृतीय हुँदै रु ३० हजार प्राप्त गरेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए। यस्तै, उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली र एपिएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता घोषित भए। विधागत उत्कृष्ट खेलाडीले जनही रु पाँच हजार र ट्रफी पाएका छन्।
च्याम्पियन टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए। यही चैत ३ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश, दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब गरी सात टोलीको सहभागिता रहेको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment