काभ्रे क्याम्पसमा नेविसंघको प्यानल विजयी

डिसी नेपाल
६ चैत २०८१ ८:५८
120
Shares

काभ्रे। काभ्रे बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा नेविसंघका रोहिन पराजुलीको प्यानल विजयी भएको छ।

काभ्रे बहुमुखी क्याम्पस बनेपामा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ नेतृत्वको प्यानल नै विजयी भएको हो। नेविसंघ र माधव नेपाल पार्टी निकट अनेरास्ववियुले संयुक्त प्यनल बनाएर निर्वाचनमा होमिएको थियो ।

नेकपा एमाले निकट अनेरास्वियु र नेकपा (माओवादी केन्द्र)अखिल क्रान्तिकारीको गठबन्धनबाट सभापतिका उम्मेदवार बनेका अनेरास्वियुका मिलन गौतमलाई १ सय ५३ को भारी मतले हराउँदै सभापतिमा नेपाल विद्यार्थी संघका उम्मेदवार रोहिन पराजुली निर्वाचित भएका हुन् । पराजुलीले २ सय ७२ मत र गौतमले १ सय १९ मत ल्याएका थिए । कुल ५ सय ४१ मत मध्ये ३ सय ९६ मत खसेको थियो ।

सचिवमा नेविसंघबाट तीर्थकुमारी भुर्तेल, कोषाध्यक्षमा मनिष श्रेष्ठ र सदस्यहरूमा सुधा श्रेष्ठ, सजिना लामा, मनिष कुँवर र नेकपा ९एकिकृत समाजवादी० निकट अनेरास्ववियुका सन्ध्या गिरी र सुनिता गुँइत निर्वाचित भएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *