अबैध २५ करोड माथि छानबिन समिति बनाउन माओवादीको माग

डिसी नेपाल
६ चैत २०८१ १२:४४
188
Shares

काठमाडौं । गत सोमवार राती समातिएको २५ करोड रुपैयाँको उचित छानबिनको माग गरिएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले केरूङतर्फ जाँदै गरेको मालबहाक ​ट्रकबाट २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको विषयमा छानबिनका लागि विशेष समिति बनाउन माग गरेको हो।

बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन्।

‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस्। यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *