अदालतले भन्यो- त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्नु

डिसी नेपाल
६ चैत २०८१ १६:३७
392
Shares

काठमाडौं । यही चैत ८ गते (शुक्रबार) हुने त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अदालतले अन्तरिम आदेश दिएको छ। बुधबार पाटन उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो।

त्रिभुवन विश्वविद्यालयलाई विपक्षी बनाई विष्णुबहादुर बडैलाले दायर गरेको रिटको पक्षमा बुधबार बरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी, मोहनकुमार ढुंगाना, केदार कार्की र अधिवक्ता बमबहादुर कटुवालले बहस गरेका थिए।

यसअघि चैत ५ गते गर्ने भनिएको निर्वाचनमा विद्यार्थी संगठनबीच सहमति नहुँदा त्रिवि प्रशासन र निर्वाचन समितिबिच चैत ८ गते निर्वाचन गर्ने सहमति भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *