एसइई परीक्षा धैर्यताका साथ दिन प्रधानमन्त्रीको आग्रह

डिसी नेपाल
६ चैत २०८१ २१:०५
100
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन्। आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन्।

‘विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ। तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भने, ‘त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन। राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस्। मेरो धेरै धेरै शुभकामना छ।’

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गार्‍हो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गरेका छन्। उनले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गर्नुभएको छ। ‘पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थे। त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो। तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,’ प्रधानमन्त्रीले भनेका छन्, ‘परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो। धेरै परीक्षा उत्तीण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ।’

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.