युद्धविराम प्रस्ताव पुटिनले अस्वीकार गर्नु ट्रम्पको लागि अपमानजनक: युक्रेनी सांसद
काठमाडौं । युक्रेनी सांसद तथा विदेश मामिला समितिका अध्यक्ष ओलेक्जान्डर मेरेझखोले भनेका छन् – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धविराममा “कहिल्यै सहमत नहुने” बताएका छन् किनभने यो “उनको हित विरुद्ध” छ।
युक्रेनमा ३० दिनको तत्काल र पूर्ण युद्धविरामको लागि अमेरिकी प्रस्ताव रुसले अस्वीकार गरेपछि युक्रेनी सांसदको यो टिप्पणी आएको हो।
श्री मेरेझखोले बीबीसी रेडियो ५ लाइभलाई बताएअनुसार युक्रेनमा रुसको पछिल्लो आक्रमणले “शान्ति प्रस्तावहरूप्रति पुटिनको वास्तविक प्रतिक्रिया” देखाएको छ।
“यो ट्रम्पको लागि अपमानजनक छ किनभने उनको युद्धविराम प्रस्तावलाई पुटिनले अस्वीकार गरेका थिए र अब मुख्य प्रश्न यो हो कि उनले अब के गर्ने हुन्,” उनले भने।
मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको टेलिफोन वार्तामा पुटिनले ऊर्जा प्रतिष्ठानहरूमा मात्र आक्रमण रोक्न सहमति जनाए।
जर्मनीले पनि यसमा प्रतिक्रिया जनाएको छ। जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले युक्रेनी ऊर्जा प्रतिष्ठानहरूमा आक्रमण रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गरेको सम्झौता “केही पनि नभएको” बताएका छन्।
“यो तथाकथित महत्त्वपूर्ण फोन कल पछिको पहिलो रातमा, नागरिक निशानाहरूमा आक्रमणहरू घटेका छैनन्,” बोरिस पिस्टोरियसले जर्मन प्रसारक जेडडीएफलाई भने।
उनले भने, “पुटिन यहाँ एउटा खेल खेलिरहेका छन् र मलाई पक्का छ कि अमेरिकी राष्ट्रपतिले यो सबै धेरै बेर बसेर हेर्न सक्ने छैनन्।”
No ads found for this position


डिसी नेपाल
Facebook Comment