डगमरामा स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर
काठमाडौं । दाङको राजपुर गाउँपालिका–७ को डगमरामा अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर स्थापना गरिएको छ।
राजपुर गाउँपालिका र छाया नेपालको सहयोगमा निर्मित अत्याधुनिक सामुदायिक स्वास्थ्य इकाइ तथा बर्थिङ सेन्टर बिहीबारदेखि सञ्चालनमा आएको छ।
५७ लाखको लागतमा निर्मित स्वास्थ्य इकाइले स्थानीय बासिन्दामा नयाँ आशाको सञ्चार गराएको स्थानीयले जनाएका छन्। छाया नेपालको रु ४४ लाख ५० हजार र गाउँपालिकाको रु १२ लाख ५४ हजार सहयोगमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले बिहीबार बर्थिङ सेन्टर शुभारम्भ गर्नुभयो। उहाँले प्रदेश सरकार दुर्गम क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको बताए।
गाउँपालिका अध्यक्ष शरद्कुमार बुढाथोकीले इकाइ स्थापनासँगै स्थानीयलाई सामान्य उपचारका लागि पनि टाढा धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गरे।
छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले जीर्ण भवनबाट सेवा दिइरहेको स्वास्थ्य चौकीको नयाँ भवन निर्माणले स्थानीय निकै लाभान्वित हुने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment