कुलमान प्रकरण : राष्ट्रिय सभा पनि अबरूद्ध

डिसी नेपाल
१३ चैत २०८१ १४:०२
148
Shares

काठमाडाैं। बिपक्षी दलको विरोधका कारण राष्ट्रियसभा बैठक पनि अवरुद्ध भएको छ। बुधबार बैठक सुरु हुने बितिकै कुलमान घिसिङलाई पदबाट हटाइएको भन्दै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी सांसद गोपी बहादुर सार्की अछामीलाई बोल्न समय दिएका थिए। उनले अन्धकारमा बसेका नेपालीलाई उज्यालो दिने कुशल कर्मचारी कुलमान घिसिङलाई स्वार्थका आधारमा हटाइएको भन्दै आपत्ति जनाए।

सरकारको क्रियाकलापले परिवर्तनलाई पछि फर्काउने शक्तिलाई बल पुगेको उनले बताए। पुरस्कृत गर्नुपर्ने व्यक्तिलाई सरकारले दण्डित गरेको भन्दै उनले भत्र्सना गरे। उनले यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सरकारको जवाफ नआएसम्म बैठक चल्न नसक्ने बताए।

सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष दाहालले सहज रुपमा बैठक सञ्चालन गर्न आग्रह गरेका थिए। तर सांसदहरुले उठेर विरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.