एउटा कर्मचारीका विषयमा जवाफ माग्नु असंसदीय : महेश बर्तौला

डिसी नेपाल
१३ चैत २०८१ १६:५१
828
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एउटा कर्मचारीका विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका छन्।

बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले माओवादीले एउटा व्यक्तिलाई देवत्वकरण गर्ने काम गरेको र त्यसलाई जोडेर प्रधानमन्त्रीको जवाफ माग्नु असंसदीय र गैरराजनीतिक कुरा भएको बताएका हुन्।

विपक्षी दलले नियोजित रुपमा संसदलाई अवरोध सिर्जना गरेको उनको आरोप छ। बर्तौलाले सरकारले आवश्यक ठान्दा नियुक्ती वा कारबाही गर्नु सामान्य विषय भएकाले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग उचित नभएको बताए।

उनले यस विषयमा सरकारका तर्फबाट विभागीय मन्त्रीले जवाफ दिन सक्ने तर प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने मागबाट विपक्षी पछि हट्नुपर्ने धारणा राखे।

उनले कानुन बमोजिम भएका कुरालाई आन्दोलनको बिषय बनाउन नहुने र कुनै असन्तुष्टि भए अदालतको ढोका खुल्ला रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *