एएफसी महिला कप छनोटमा नेपाल समूह ‘एफ’ मा

डिसी नेपाल
१४ चैत २०८१ १६:४७
1.9k
Shares

काठमाडौं। एएफसी महिला एसियन कप २०२६ छनोटको समूह अन्तर्गत नेपाल  ‘एफ’ मा परेको छ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ‘ड्र’ अनुसार समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंकासमेत परेका छन्। यो समूहका सबै खेल उज्वेकिस्तानमा हुनेछ। छनोटका खेलहरू जुन २३ देखि जुलाई ५ सम्म हुने जनाइएको छ।

छनोट चरणमा ३४ टोली प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई ८ समूहमा विभाजन गर्दा नेपाल समुह एफमा परेको हो। दुई समूहमा पाँच र ६ समूहमा चार टोली छन्। प्रत्येक समूहका विजेताले एसिया कपमा स्थान बनाउने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *