प्रधानमन्त्री कप क्रिकेटः बाग्मती चार विकेटले पराजित
भैरहवा (रूपन्देही)। प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई चार विकेटले पराजित गरेको छ।
बाग्मती प्रदेशले दिएको २६० रनको लक्ष्य मधेस प्रदेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै हासिल गर्यो। मधेसका लागि कप्तान अनिलकुमार साहले सर्वाधिक अविजित ७० रन बनाए। उनले ५३ बलको सामना गर्दै सात चौका र दुई छक्का प्रहार गरे। साथै रोहन विश्वकर्माले ३९, हरिशंकर साहले ३३, पवन सर्राफले ३१ र रुपेश सिंहले अविजित २५ रन बनाए।
बाग्मती प्रदेशका लागि सूर्य तामाङले दुई विकेट लिए भने रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान एक/एक विकेट लिए।
यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बाग्मतीले इशान पाण्डेको शतकीय पारीमा आठ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। बाग्मतीका लागि इशानले १२७ बल खेल्दै १४ वटा चौकाको सहयोगमा ११४ रन बनाए। उसका लागि रिजन ढकाल र विवेक मगरले समान ३०/३० रन बनाउँदा विपिन आचार्यले २७ रन बनाए।
मधेसका लागि हरिशंकर साह, पवन सर्राफ र अनिल साहले समान दुई/दुई विकेट लिए ।
उपाधिका लागि भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment